पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं साधारण सभा
पाेखरा | कात्तिक १०, २०८१
पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार साईले गरे ।
सो अवसरमा बोल्दै उनले सडकमा निर्माण सामग्री लिएर जाने सवारी चालक तथा व्यवसायीहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको उल्लेख गरे ।

‘ढुङ्गा लोड गरेर आएको सवारीलाई ट्राफिकले पानी चुहियो भन्छ, बालुवा ल्याउँदै उही प्रश्न गर्छ । उपाध्यक्ष साईले भने, ‘सडकमा ट्राफिक प्रहरी र प्रशासनले अनाहकमा दुःख दिने गरेको सबैलाई थाहै छ । त्यसैले हामीले बालुवा ल्याउँदा पनि ढाकेर ल्याउने परिस्थिती छ । त्यसैले यस्ता कुरालाई रोक्न हामी माथिल्लो नियालाई ध्यानाकर्षण गरिरहेका छौं ।’
उनले राज्यलाई तिर्नुपर्ने कर तिरेपनि कर अनुसारको सेवा सुविधा व्यवसायीहरुले पाउन नसकेको गुनासो गरे ।

‘राज्यले तोकेको कर तिर्दै आएका छौं । त्यो अनुसारको सेवा सुविधा पाउन सकेका छैनौं’, उनले भने, ‘सडकमा कसैसँग हात मिलाएर झै गरेर केही राखेर दिनुपर्छ, यसरी हामी व्यवसायी सफल हुन सकिदैन ।’
उनले समिति सफल हुन व्यवसायी र सवारी चालक एकजुट भएर अगाडि बढे मात्र सम्भव भएको बताए ।
यस्तै पृथ्वी राजमार्ग बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले व्यवसायीहरु विस्थापित नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
‘अहिले देशमा व्यवसायीहरु पलायन हुँदै गरेका छन्, कुनै पनि व्यवसायीहरु विस्थापित हुने होइन स्थापित हुने गरी सञ्चालन हुनुपर्छ’, केसीले भने, ‘कुनै पनि समिति सफल हुन मजदुर, व्यवसायी र पदाधिकारी एकजुट भए मात्र समिति सफल हुन्छ त्यसैले हामी सफल हुन सबै एकजुट हुन आवश्यक छ ।’
कार्यक्रममा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा ढुङ्गा, गिटी र बालुवा निकासीमा लगाएको प्रतिबन्द पुन: अध्ययन गरेर प्रतिबन्द खोल्न माग गरे ।

‘संघीय सरकारले असार साउन र भदौमा ढुङ्गा, गिटी र बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ, जसले गर्दा निर्माण सामग्री ढुवानी व्यवसायी मजदुरहरु अन्यायमा परेका छन्, अध्यक्ष रसाइलीले भने, ‘ संघीय सरकारले लगाएको यो प्रतिबन्ध पुनः अध्ययन भएर प्रतिबन्द खुल्ला गर्न माग गर्छु ।’
उनले भैपरी आउने सवारी दुर्घटनामा बिमाबाट प्राप्त हुने औषधी उपचार खर्च कम भएकाले यसमा पुनर्विचार गरी औषधी उपचारमाको माददण्ड बनाउनसमेत माग गरे ।
साधारण सभामा उत्कृष्ट व्यवसायीका रुपमा कैलाश घिमिरे र उत्कृष्ट सवारी चालकका रुपमा छवे नेपाली (अर्जुन) लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद ढुङ्गाना, प्रहरी निरीषक बोधराज रेग्मी, गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङ, गण्डकी ट्रक सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठी लगायतले बोलेका थिए ।
कार्यक्रम गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इश्वर बस्यालको स्वागत मन्तव्य र सचिव श्याम कुमार ताम्राकारले कार्यक्रम सञ्चालन गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

